चुलाचुली । अनेम संघ चुलाचुली गाउँ कमिटीको प्रमुख आयोजनामा, नेकपा एमाले चुलाचुलीको समन्वय तथा वडा नं. २ कमिटीको व्यवस्थापनमा बिहिवार स्वामी चौकमामा तीज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भयो।
अनेम संघ चुलाचुलीकी अध्यक्ष हेमकला बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा चुलाचुली इन्चार्ज ओम नारायण खनाल प्रमुख अतिथि रहेका थिए। अतिथि महिला दिदीबहिनीलाई नेकपा एमाले चुलाचुली पालिका कमिटीका सचिव सन्तोष थाम्सुहाङले स्वागत गरेका थिए।
कार्यक्रमलाई स्थानीय मौलिकता झल्किने शैलीमा आयोजना गरिएको थियो। वडा नं. २ कमिटीका अध्यक्ष माइत राज लिम्बुले स्थानीय स्रोतको उपयोग गर्ने उद्देश्यले उपलब्ध गराइएका सालका पातबाट महिलाहरूले बुनेको तपरामा सहभागीलाई खिर खुवाइएको थियो।
संस्कृति, परम्परा र सहकार्यलाई जोड्दै आत्मीयता प्रवाह गर्ने उद्देश्यले गरिएको उक्त कार्यक्रममा सहभागी महिलाहरूले तीजका गीत, नृत्य तथा विभिन्न प्रस्तुतिहरू समेत गरेका थिए। कार्यक्रममा सहभागी सबैले कार्यक्रमलाई सफल र उदाहरणीय भन्दै प्रशंसा गरेका थिए।

