संघ \संस्था

किच्चकबध धार्मिक तथा पर्यटकीय क्षेत्रको साधारणसभा सम्पन्न

झापा, भाद्र २८ । किच्चकबध धार्मिक , ऐतिहासिक , पुरातात्त्विक तथा पर्यटकीय संरक्षण क्षेत्रको १३ औ साधारणसभा सम्पन भएको छ ।

समितिको अध्यक्ष दिल बहादुर थेवेको अध्यक्षतामा आयोजना भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रदेश सभा सांमसद बसन्त बानियाले गरेका थिए ।

प्रमुख अतिथि बानियाले किच्चकबध धार्मिक , ऐतिहासिक , पुरातात्त्विक तथा पर्यटकीय क्षेत्रमा सबैले सहकार्य गर्दै लैजानु पर्ने बताएु साथै प्रमुख अतिथि बानियाले प्रदेश सरकारको बजेटबाट निर्माण गरिएको संरचना तथा पार्कको अवलोकन गर्दै बहुआयामिक सम्भावना बोकेको उक्त क्षेत्रको दिगो बिकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

कार्यक्रममा मदन कडेल, कौसल्या अधिकारी , फडिन्द्र दाहाललगायतले बोलेका थिए ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक अगुवालगायत स्थानियको बाक्लो उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.