विविध

हुम्ला केन्द्र बनाए भूकम्पको धक्का

काठमाण्डौं, भाद्र २९ । हुम्लालाई केन्द्र बनाएर आइतबार बिहान भूकम्प गएको छ।

हुम्ला केन्द्र रहेको ५ म्याग्निच्यूडको भूकम्प गएको हो। बिहान १० बजेर ५४ मिनेटमा हुम्लाको लिमी क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै उक्त भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भूकम्पको धक्का हुम्ला र आसपासका जिलामा महसुस भएको थियो।

पछिल्लो समय कर्णाली र पश्चिमका जिल्लामा साना भूकम्पका धक्का महसुस भइरहेका छन्। २०७२ सालमा गएको विनाशकारी भूकम्प पछि नेपालमा बारम्बार पराकम्पनहरू गइरहेका छन्।

विज्ञहरूका अनुसार दशौँ वर्षसम्म यसका पराकम्पनहरू जाने गर्दछन्।

Leave a Reply

Your email address will not be published.