मेचीनगर । मेचीनगर-१० वडा खेलकुद विकास समितिकाे आयोजनामा आजबाट वडाध्यक्ष कप जिल्लास्तरीय अन्तर पालिका भलिबल प्रतियोगिता सञ्चालन भएको छ ।
स्थानीय नन्दा कोरिडोरमा सञ्चालित प्रतियोगिताको पहिलो दिन आज भद्रपुर, मेचीनगर, कनकाई र विर्तामोड विजयी भएकाे मेचीनगर-१० का वडासदस्य एवम् वडा खेलकुद विकास समिति संयोजक सोम ओझाले जानकारी दिए ।
उनका अनुसार आजको पहिलो खेलमा मेचीनगर नगरपालिका (आयोजक) टिमलाई पराजित गर्दै भद्रपुर नगरपालिका विजयी भयो । दोस्रो खेलमा मेचीनगर नगरपालिका र झापा गाउँपालिका बिच भएको थियो । जसमा मेचीनगर विजयी भयो ।

तेस्रो खेल तालिका अनुसार कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिका बिच थियो । तर, उक्त खेलमा शिवसताक्षी उपस्थिति नहुँदा कनकाईले वाकओभरमा विजयी भयो । त्यस्तै आजको अन्तिम खेल विर्तामोड नगरपालिका र हल्दीबारी गाउँपालिका बिच भएको थियो । उक्त खेलमा विर्तामोड बिजयी भयो । यो संगै विजेता टिम सेमिफाइनल प्रवेश गरेको छ ।
खेलकुद संयोजक ओझाका अनुसार शुक्रबारको हुने पहिलो सेमिफाइनल खेलमा भद्रपुर र विर्तामोड बिच भिड्नेछन् भने दोस्रो सेमिफाइनलमा मेचीनगर र कनकाई भिड्नेछन् ।
मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गरेका उद्घाटन शत्रको औंपचारीक कार्यक्रममा मेचीनगर-१० का वडाध्यक्ष नारायण खनालको बिशिस्ट आतिथ्य रहेको थियो ।
बैशाख १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले नगद १ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउनेछ।

