अर्थ

मलेसियामा नेपाली सुरक्षागार्डमाथि निर्घात कुटपिट

काठमाण्डौं, असोज ८ । मलेसियामा सुरक्षागार्डमा कार्यरत एक नेपालीलाई कम्पनीका म्यानेजरले निर्घात कुटपिट गरेका छन् । मलेसियाको जोरबारुस्थित फरेस्ट सिटी काउन्टी गार्डेनमा सुरक्षागार्डको रुपमा कार्यरत भोजपुर नेपालडाँडा घर भएका मोहनचन्द्र थापामाथि कुटपिट भएको हो ।

कम्पनीका वाङ नाम गरेका म्यानेजरले उनलाई कुटपिट गरेको सोही कम्पनीमा कार्यरत थापाका काका अमरसिंह थापाले जानकारी दिए । बिरामी भइ कोठामा सुतेका थापालाई ड्युटीमा नगएको आरोपमा कुटपिट गरिएको उनका काकाले बताए ।

मादक पदार्थ सेवनको आरोपमा उनीमाथि कुटपिट गरिएको उनले बताए । कुटपिटबाट उनको शरीमा निल डाम बसेका छन् । कुटपिटको घटना बाहिर जान नदिन कम्पनीमा कार्यरत नेपालीहरुलाई कोठामा बन्धक बनाइएको उनले बताए ।

उनले भने, ‘हामीलाई बन्धक बनाएर राखिएको छ । साथमा रहेको मोबाइल पनि कब्जामा लिइएको छ ।’ पीडितका काका थापाले कम्पनीमा कार्यरत कर्मचारीको सहयोगमा जंगलबाट लुकेर नेपालस्थित आफन्त कृष्ण मगरलाई घटनाबारे जानकारी दिए ।

घटनाबारे जानकारी मलेसियास्थित दूतावाससम्म पुग्न सकेको छैन । पीडितहरुले नेपाल सरकारसँग उद्दारका लागि सहयोगको माग गरेका छन् । खबरहब

Leave a Reply

Your email address will not be published.