कला संघ \संस्था

आचार्य बन्धु सेवा समाज मेचीनगरले गर्‍यो दशैं विशेष शुभकामना आदान–प्रदान

झापा, असोज १३ । आचार्य बन्धु सेवा समाज मेचीनगरले बडा दशैंको अवसरमा विशेष शुभकामना आदन–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले उद्घाटन गरेका थिए ।

धुलाबारी स्थित त्रिफला राष्ट्रिय पुस्तकालयमा सोमबार भएको कार्यक्रममा प्रमुख अतिथि विमल आचायर्, आचार्य बन्धु सेवा समाजका केन्द्रिय अध्यक्ष दिनेस आचार्य, आचार्य बंशवली बिद सालीग्राम आचार्य, धर्मराज आचार्य, पत्रकार महासंघ झापाका सचिव सन्तोष आचार्यलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा मेचीनगर क्षेत्रमा छरिएर रहेका आचार्य बन्धुहरु भेला भई बडा दशैंको शुभकामना आदन–प्रदान गरेका थिए ।
आचार्य बन्धु सेवा समाज मेचीनगरका अध्यक्ष तेजबहादुर आचार्यको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा स्वागत उपाध्यक्ष दुर्गा आचार्य र सञ्चालन सचिव जय प्रसाद आचार्यले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.