विविध

रोशनी शाहीलाई दिए पतिले डिभोर्स, २८ बर्षे सहयात्रामा पूर्णबिराम

काठमाण्डौँ, असोज १६ । निवर्तमान सभामुख कृष्णबहादुर महराले यौन दुर्व्यवहार गरेको र त्यसपछिको फेरिएको बयान दिएका कारण चर्चामा रहेकी संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई अन्तत उनका पति चित्रजंग शाहीले डिभोर्स दिएका छन।

२८ बर्षे सहयात्रालाई टुंग्याउदै शाहीले रोशनीलाई डिभोर्स दिएका हुन् । आफुले रोशनीलाई डिभोर्स दिएको जानकरी शाहीले फेसबुक मार्फत गराएका छन। जहाँ रोशनी र चित्रजंग दुवैले हस्ताक्षर गरेको एउटा पेपर पनि सार्वजनिक गरिएको छ ।

उनले ुहामी २८ बर्ष सम्म संग संगै दिन बितायौं र समयको गति संगै अलग हुने निर्णायमा पुगैका छौ । धन्यवाद शुभचिन्तकहरूमाु । भन्दै उक्त पत्र सार्वजनिक गरेका छन।

सभामुख महराले रोशनीले यौन दुर्व्यवहारको आरोप लगाएपछि मंगलवार पदबाट राजिनामा दिएका थिए।

Leave a Reply

Your email address will not be published.