कला राजनीति

नेपाली काँग्रेस मेचिनगर–८ ले गर्‍यो दशैंको शुभकामना आदान–प्रदान

झापा, असोज १६ । नेपाली काँग्रेस मेचिनगर–८ वडा समितिले बडादशैको अवसरमा शुभकामना आदन–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

मेचीनगर–८ प्रतिभा चोक स्थित नेपाली काँग्रेसको वडा कार्यालयमा आयोजना भएको कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रीय सभापति मणिकुमार उप्रेतीको प्रमुख आतिथ्यता थियो । महासमिति सदस्य केशवराज पाण्डेको विशिष्ट आतिथ्यता थियो ।

कार्यक्रममा प्रमुख अतिथि उप्रेती, बिशिष्ट अतिथि पाण्डे र अतिथि नेपाली काँग्रेस मेचीनगर सभापती ईन्द्रबहादुर बुढाथोकीले शुभकामना मन्तव्य राखेका थिए ।

महाधिवेशन प्रतिनिधि टेकबहादुर लिम्बू, जिल्ला सदस्य पुष्पराज पौडेल, क्षेत्रीय सचिव हरि बुढाथोकी, नगर सभापति इन्द्रबहादुर बुढाथोकी, हर्क फ्याक, सीता पोख्रेल, क्षेत्रीय सहसचिव रुपसागर अधिकारी, पुर्व नगर सभापति दुर्गाप्रसाद सापकोटा, तरुल दल जिल्ला सभापति गोपाल तामाङ्गलगायतको आतिथ्यता रहेको कार्यक्रममा नेपाली काँग्रेसका सक्रिय कार्याकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

नेपाली काँग्रेस मेचीनगर–८ वडा सभापति गिरिराज धमलाको सभापतित्वमा आयोजना भएको कार्यक्रमको सञ्चालन सचिव सुरेश भट्टराईले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.