खेलकुद

उपाधिका लागि आयोजक र आदर्श धिमाल भिड्ने

झापा, असोज १६ । नकलबन्दामा जारी अन्तर क्लवस्तरीय खुल्ला नकआउट फुटबल टुर्नामेन्टको सेमीफाइनल खेलबाट आयोजक सुन्दर युवा क्लब र आदर्श धिमाल समाज अन्तिम दुईमा प्रवेश गरेका छन् ।

मेचीनगर–५ स्थित सुन्दर युवा क्लवको आयोजनामा गत शुक्रबारबाट सुरु भएको सो प्रतियोगिता अन्र्तगत बिहिबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा बाहुनडाँगी युवा क्लबलाई १–० ले पराजित गर्दै आयोजक सुन्दर फाइनल प्रवेश गरेको हो । विजयी टिमका तर्फबाट निशान लिम्बुले गोल गरेका थिए ।

त्यस्तै, अन्तिम सेमीफाइनल खेलमा धिमाल वस्ती युवा क्लबलाई सडनडेथमा पराजित गर्दै आदर्श धिमाल समाज मेचीनगर–८ ले फाइनलको यात्रा तय गरेको हो । उक्त खेलमा आदर्शको तर्फबाट पुजन राई र गणेश मगरले एक/एक गोल गरे । धिमाल वस्तीको तर्फबाट बिक्रम राई र विजय राईले समान एक/एक गोल गरका थिए ।

निर्धारित समयअवधि समान २–२ गोलको बराबरीमा टुंगियो र खेल टाइब्रेकरमा धकेलियो । टाइब्रेकरमा पनि समान २–२ गोल भए पछि निर्णयका लागि खेल सडनडेथमा गएको थियो । जसमा आदर्श समाज भाग्यमानी सावित भयो ।

मदन टोलको खेल मैदानमा जारी प्रतियोगिताको उपाधिका लागि अब आयोजक र आदर्श धिमाल समाज भिड्ने छन् ।

मेचीनगरका विभिन्न वडाका १४ वटा क्लवहरु सहभागी उक्त प्रतियोगिताको फाइनल खेल शुक्रबार (भोली) हुने आयोजकका सचिव तिलक बस्नेतले जानकारी दिए ।

प्रतियोगिताको उपाधि विजेताले २५ केजीको खशी र नगदराशी १० हजार तथा उपविजेताले १५ केजीको खशी र नगद ५ हजार रुपैयाँसहित शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।

Leave a Reply

Your email address will not be published.