बाहुण्डाँगी । नारायणगढ लेडि जेसीज २०२२ को जेसीज सप्ताह सुरु भएको छ । सप्ताह अन्तर्गत पहिलो कार्यक्रम मेहन्दी मिलनबाट उद्घाटन गरिएको छ । असार मसान्त पारेर उद्घाटन गरिएको कार्यक्रममा साउन महिनामा महिलाहरुले लगाउने मेहेन्दी शाखाका पदाधिकारी तथा पूर्व अध्यक्षहरुको सहभागितामा मेहेन्दी कार्यक्रमको आयोजना गरिएको हो ।

शाखाकी अध्यक्ष अनिता श्रेष्ठ अधिकारीको सभापतित्व तथा नारायणगढ लेडि जेसीजकी पुर्व अध्यक्ष एवम् नेपाल जेसीजकी पुर्व कानुनी सल्लाहकार सिनेटर मनषा थैव श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्तममा मातृ शाखा नारायणगढ जेसीजका अध्यक्ष अमृत श्रेष्ठ नारायणगढ लेडि जेसीजकी निवर्तमान अध्यक्ष सिनेटर सम्झना प्रधान, नारायणगढ लेडि जेसीजकी पुर्व अध्यक्ष रन्जिता श्रेष्ठ, रमा श्रेष्ठ, निरु कार्की, सम्झना श्रेष्ठ, सनिला श्रेष्ठको सहभागिताका कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन महासचिव हिमा श्रेष्ठले गर्नु भएको थियो ।




