इलाम, असोज १६ । नेपाली काँग्रेस चुलाचुली गाँउ कार्यसमिति इलामले बडादशैको अवसरमा शुभकामना आदन–प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ ।
चुलाचुली गाँउ कार्यापालिकाको सभाहलमा बिहिबार आयोजित कार्यक्रममा चुलाचुली गाँउपालिका अध्यक्ष प्रदिपचन्द्र राईको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा समाजवादी पार्टीका केन्द्रिय सदस्य प्रेमदिप थाम्सुहाङ्ग, नेपाली काँग्रेस इलाम जिल्ला कार्य समिति सदस्य तथा चुलाचुली गाँउपालिका वाड नम्बर ३ वडा अध्यक्ष नरेन्द्र लावती, जिल्ला सदस्य सुभास आङ्थुप्पो, नेकपा जिल्ला सदस्य नारायण सिं लावती, राप्रपा जिल्ला कमिटी सदस्य दिलबहादुर कार्की, नेकपा चुलाचुली गाँउपालिका अध्यक्ष शुक्रबहादुर लावती, लिम्बुवान राष्ट्रिय समिति सदस्य सरण जवेगु, शिक्षक संघ चुलाचुली सभापती पदमकेशर लिम्बु, स्वास्थ्य चौकी चुलाचुली प्रमुख दुर्सान्त दाहाललगायतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका सक्रिय कार्यकर्ता लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ/संस्थाका प्रतिनिधिलगायतको बाक्लो उपस्थिती थियो ।
चुलाचुली गाँउ कार्य समितिका सभापती गणेश प्रसाद फागोको सभापतित्वमा आयोजना भएको कार्यक्रममा नेपाल तरुण दल क्षेत्रिय सभापती नम्बर २ इलामका राजेन्द्र केरुङ्गले स्वागत र गाँउ कार्य समितिका सचिव त्रिलोचन गौतमले सञ्चालन गरेका थिए ।

