कला

सामाजिक सञ्जालमा चर्चित हुनकै लागि बलिउड सुपरस्टार सलमानलाई ज्यान मार्ने धम्की

काठमाण्डौं, असोज १७ । आफ्नो कुशल अभिनय क्षमताका कारण करोडौं दर्शकको मन जित्न सफल बलिउड सुपरस्टारअभिनेता सलमान खानलाई केहि दिन अघि ज्यान मार्ने धम्की आएको भन्ने खबर बाहिरिएको थिएको। त्यो संगै प्रहरीले सलमानलाई ज्यान मार्ने धम्की दिने लोरेन्स बिश्नोईलाई पक्राउ गरेको छ।

गाडी चोरेको आरोपमा पक्राउ परेका लोरेन्सले आफुले फेसबूक पोस्ट मार्फत सेप्टेम्बर १६ मा सलमानलाई ज्यान मार्ने धम्की दिएको स्वीकार गरेका छन।

लोरेन्सले आफू सामाजिक सञ्जालमा चर्चित हुनका लागि सलमानलाई ज्यान मार्ने धम्की दिएको प्रहरीसामु बयान दिएका छन् । बिश्नोई सोपू ग्याङका सदस्य हुन् ।

सलमान खानलाई ज्यान मार्ने धम्कीमा लोरेन्सले पोस्टमा लेखेका छन सलमान तँ भारतिय कानुनको नजरबाट त बच्न सक्लास तर बिश्नोई समाज र सोपू पार्टीको कानूनले तँलाई मृत्युको सजाय सुनाएको छ ुसोपुको अदालतमा तँ दोषी होस् ।

पछिल्लो समय सलमान कालो हरिणको शिकारको मुद्धामा अदालतको केसको सामना गरिरहेक छन। हरिण शिकारको केशमा सलमानलाई ५ बर्षको सजाय सुनाईएको भएता पनि उनलाई अदालतले जमानतमा रिहा गरेको छ। एजेन्सी

Leave a Reply

Your email address will not be published.