समाचार

टयांकरले ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान घाईते

हेटौंडा, असोज १७ । हेटौंडामा शुक्रबार बिहानै दुर्घटना भएको छ । हेटौंडाको चाइना गेट नजिक आज बिहान टयांकरले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको ज्यान गएको छ ।

मोटरसाइकल सवार हेटौंडा १ चाईनाक्वाटर निवासी ३५ वर्षीया सिता न्यौपाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मोटरसाइकल चालक सिताका श्रीमान ४५ बर्षीय शसि न्यौपाने भने सामान्य घाइते भएका छन् ।

नवलपुरबाट हेटौंडा बजारतर्फ आउदै गरेको ना ८ ख ३८७२ नम्बरको तेल टयांकरले सोही दिशाबाट आउँदै गरेको ना ५६ प ४९३५ नम्बरको मोटरसाइकल ठक्कर दिएको हो ।

Leave a Reply

Your email address will not be published.