खेलकुद

आदर्श धिमाललाई पराजित गर्दै आयोजकलाई उपाधि

झापा, असोज १७ । नकलबन्दामा जारी अन्तर क्लवस्तरीय खुल्ला नकआउट फुटबल टुर्नामेन्टको उपाधि आयोजकले जितेको छ ।

मेचीनगर–५ स्थित सुन्दर युवा क्लवको आयोजनामा गत शुक्रबारबाट सुरु भएको सो प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा आदर्श धिमाल समाज मेचीनगर–८ लाई सडन डेथमा पराजित गर्दै आयोजकले उपाधि रक्षा गरेको हो ।

प्रतिस्र्पधात्मक भएको फाइनल खेलको निर्धारित समयमा दवै टिमबाट समान एक/एक गोल भएको थियो । जसमा आदर्शको तर्फबाट अभय धिमालले गोल गरेका थिए । आयोजकको तर्फबाट प्रदीप राईले गोल गरेका थिए ।

निर्धारित समयअवधि समान एक/एक गोलको बराबरीमा टुंगियो र खेल टाइब्रेकरमा धकेलियो । टाइब्रेकरमा पनि समान ३–३ गोल भए पछि निर्णयका लागि खेल सडनडेथमा गएको थियो । जसमा आयोजक भाग्यमानी सावित हुदै उपाधि रक्षा गर्न सफल भयो ।

मेचीनगरका विभिन्न वडाका १४ वटा क्लवहरु सहभागी रहेको प्रतियोगिताको विजेता बनेको आयोजकले नगद दश हजार सहित २५ केजीको खशी, शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेता बनेको आदर्श धिमालले नगद पाँच हजार, १५ केजीको खशीमा चित्त बुझायो ।

प्रतियोगिताको म्यान अफ दि म्याच विजेता टिमका दिनेश लिम्बु घोषित भए । प्रतियोगिताको हाइस्कोरर र बेष्ट गोल किपर आयोजकका प्रदीप राई र समिर राई भए ।

प्रतियोगिताको विजेता तथा उपविजेता टिम तथा खेलाडीलाई समापन कार्याक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष शंकर थापा, विशिष्ट अतिथि मेचीनगर वडा नम्बर ५ का वडा अध्यक्ष योगेन थापामगरलगायतले पुरस्कार वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published.