कला

मेचीनगर–८ मा शुभदिपावली सांस्कृतिक साँझ हुने

झापा, असोज २९ । साझा मनोरञ्जन संस्था मेचीनगरले शुभदिपावली पर्वको सन्दर्भ पारेर सांस्कृतिक साँझ कार्यक्रम आयोजना गर्ने भएको छ ।

मेचीनगर–८ स्थित मेची विद्योदय प्राविमा बुधबार आयोजित सर्वपक्षीय भेलाले सो कार्यक्रम गर्ने निर्णय गरेको हो ।

यही कात्तिक ८ गते साँझ हुने उक्त कार्यक्रमको सह आयोजकमा मेचीनगर–८ सम्पूर्ण टोल विकास संस्था र संघसंस्था रहनेछन् ।

भेलाले कार्यक्रमलाई सभ्य, भव्य र व्यवस्थित रुपमा सम्पन्न गर्न गठन गरेको मूल आयोजक समितिको संयोजकमा विष्णु भट्टराई र सहसंयोजकमा सुरेश भट्टराई छन् ।

साझा मनोरञ्जनका अध्यक्ष विष्णु भट्टराईको अध्यक्षतामा भएको भेलाले सो कार्यक्रममा स्थानीय तथा राष्ट्रियस्तरका कलाकार सहभागी गराउने निर्णय गरेको छ ।

कार्यक्रममा पुराना कलाकारहरु गम्भीरध्वज थापा, उमाकान्त बाँस्तोलासहित विशालदेव श्रेष्ठ, वाइजिएम रोशन, रोशा फूयाँल, तिलक मैनाली, प्रेम लिम्बूलगायतको बेजोड प्रस्तुति रहनेछ ।

Leave a Reply

Your email address will not be published.