राजनीति संघ \संस्था

चौतारी र सेन्टरबीचको एकता प्रक्रिया टुंगियो, झापा संयोजकमा पौडेल

झापा, मंसिर ९ । प्रेस संगठन नेपालले सांगठनीक एकताका बाँकी कामलाई अन्तिम रुप दिएसँगै संगठनको झापा जिल्ला संयोजकको जिम्मेवारी मुक्ति पौडेलले पाएका छन् ।

साविकका प्रेस चौतारी र प्रेस सेन्टरबीचको एकता प्रक्रिया टुंगिएसँगै निर्माण भएको संगठन झापाको संयोजक बनेका पौडेल साविक प्रेस चौतारीका जिल्ला अध्यक्ष हुन् ।

उनी काँकरभिट्टाबाट प्रकाशित हुँदै आएको जन–संसद् दैनिकमा सम्पादकका रुपमा कार्यरत् छन् । त्यस्तै, संगठनको जिल्ला सहसंयोजकमा साविक प्रेस सेन्टरका जिल्ला अध्यक्ष टीकाराम उप्रेती चयन भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकतापछि तत्कालीन प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकता भई नयाँ संगठन गठन गरिएको हो ।

दुई संगठनबीच एकता भएको लामो समयपछि आइतबार केन्द्रीय कमिटीको संख्या, केन्द्रीय सदस्य, आयोग, प्रदेश समितिका इञ्चार्ज, संयोजक र सहसंयोजक तथा जिल्ला संयोजक र सहसंयोजकको टुङ्गो लगाइएको हो ।

Leave a Reply

Your email address will not be published.