समाचार

राष्ट्रिय सभा चुनावको मत परिणामः कहाँ को भए विजयी ? (सूचीसहित)

काठमाडौ, माघ ९ । राष्ट्रियसभा सदस्यका बिहीबार सम्पन्न निर्वाचनको सम्पूर्ण मत परिणाम सार्वजनिक भएको छ ।

१८ सिटका लागि भएको चुनावमा ४५ जना उम्मेदवार चुनावी मैदानमा थिए । जसमध्ये प्रदेश १ मा सबै सत्तारुढ दल नेकपाका उम्मेदवार विजयी भएका छन् । प्रदेश–२ मा राजपा र नेकपा गठबन्धनका उम्मेदवार विजयी भए ।

त्यस्तै गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेकपा उम्मेदवारले क्लिन स्वीप गरेका छन् ।

विजयी उम्मेदवारको सूची

प्रदेश १

दलित– गोपी अच्छामी (नेकपा)
महिला- इन्दिरा गौतम(नेकपा)
अन्य– देवेन्द्र दाहाल(नेकपा)

प्रदेश २

महिला– तुलसा दाहाल (नेकपा)

दलित– राधेश्याम पासवान (नेकपा)

अन्य– मृगेन्द्र यादव (राजपा)

अल्पसंख्यक– शेखरकुमार सिंह (राजपा)

बागमती प्रदेश

महिला– गंगा बेलवासे (नेकपा)

अन्य– वेदुराम भुसाल (नेकपा)

गण्डकी प्रदेश

अन्य– नारायणकाजी श्रेष्ठ (नेकपा)

महिला– भगवती न्यौपाने (नेकपा)

प्रदेश ५

महिला– विमला घिमिरे (नेकपा)

अपाङ्गता तथा अल्पशंख्यक– जगप्रसाद शर्मा (नेकपा)

अन्य– गोपाल भट्टराई (नेकपा)

कर्णाली प्रदेश

अन्य– माया प्रसाद शर्मा (नेकपा)

महिला– सुमित्रा बिसी (नेकपा)

सुदूरपश्चिम प्रदेश

अन्य– तारामान स्वार (नेकपा)

महिला– शारदा भट्ट (नेकपा) खबरहब

Leave a Reply

Your email address will not be published.