साहित्य

तीनजना साहित्य अनुरागीलाई सम्मान

झापा, माघ १० । झापाको भद्रपुर–९ स्थित आरोग्य पुस्तकालय चन्द्रगढी झापाले साहित्यको क्षेत्रमा योगदान पुर्याउने तीनजना साहित्य अनुरागीलाई सम्मान गरेको छ ।

पुस्तकालयको तेस्रो स्थापना दिवसको अवसरमा पुष्पलाल चौक चन्द्रगढी सामुदायिक भवनको सभाहलमा शुक्रवार आयोजित कार्यक्रमकाबीच साहित्यकार विरही अधिकारी, कनक कार्की र मीना अधिकारीलाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रगतिशील लेखक सङ्घका केन्द्रीय अध्यक्ष प्राडा जिवेन्द्रदेव गिरीलगायतका अतिथिहरुले साहित्यकाहरुलाई प्रशंसा पत्रसहित खादा ओडाएर सम्मान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि गिरी, विशेष अतिथि बरिष्ठ साहित्यकार चुडामणि रेग्मी, साहित्यकारहरु शुभद्रा भट्टराई, राजेन्द्र सङ्ग्रौला, पुन्यप्रसाद खरेल, कृष्णप्रसाद उप्रेतीलगायतले मन्तव्य राखेका थिए ।

पुस्तकालयका अध्यक्ष हिराप्रसाद पोखरेलको अध्यक्षता तथा साहित्यकार कृष्ण निराकार सुवेदी र खगेन्द्रा खुशीले सञ्चालन गरेको

कार्यक्रममा श्रष्टाहरुले नेपाली भाषाका अतिरिक्त राजबंशी तथा लिम्बू भाषामा समेत विभिन्न गीत तथा कविताहरु बाचन गरेका थिए । कार्यक्रमको स्वागत साहित्य प्रतिष्ठान मेचीका अध्यक्ष विजय खरेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.