अर्थ

६ हजार घुस सहित पुनर्निर्माण प्राधिकरणका कर्मचारी पक्राउ

विराटनगर, माघ १० । ६ हजार घुस लिएको अभियोगमा पुनर्निर्माण प्राधिकरणका कर्मचारी पक्राउ परेका छन् ।

पुनर्निर्माण प्राधिकरणअन्तर्गत भोजपुर नगरपालिकामा कार्यरत सबइञ्जिनीयर प्रकाश तिवारी घुस लिँदै गर्दा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले रङ्गेहात पक्राउ गरेको जनाएको छ ।

इञ्जिनीयर तिवारीलाई शुक्रबार छ हजार घुससहित भोजपुरको प्रधान होटलबाट पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको डिएसपी श्याम सारु मगर नेतृत्वको टोलीले त्यही होटलबाट रङ्गेहात पक्राउ गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.