काठमाडौं, माघ १६ । महिलालाई गाली गर्दा सुगा प्रहरीको फन्दामा परेको छ । यो घटना भारतको हो । महिलालाई गाली गरेको आरोपमा भारतीय प्रहरीले घरमा पालेको एक सुगालाई गिरफ्तार गरेको हो ।
सुगालाई मालिकले तालिम दिएर महिलालाई गाली गर्न लगाएको आरोप लागेको हो । सुँगाले ती महिलालाई दैनिक गाली गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको हो ।
८५ वर्षिया जनाबाईलाई दैनिक गाली गर्ने सुगा आफ्ना सौतेन भाई सुरेशको भएको ति महिलाले आरोप लगाएकी छिन् । उनीहरु फरक फरक घरमा बस्छन् ।
उनीहरुको कोर्टमा सम्पतीको विवादलाई लिएर मुद्धा चलिरहेको छ । प्रहरीले यी तीनै जनालाई बोलाएर सोधपुछ गर्दा सुगा प्रहरीको ड्रेस देखेर डराएर बोल्न नसकेको भारतीय सञ्चारमाध्यामहरुले बताएका छन् ।
प्रहरी स्टेशनमा सुगा एक शब्द पनि नबोलेको प्रहरीले बताएको छ । सुगा नबोलेको कारण वृद्ध महिलाको मानसिक स्थितीको बारेमा जाँच गर्न लगाइएको थियो । एजेन्सी

