संघ \संस्था

महिलामाथि यौन शोषण गरेको अारोपमा एसएसपी निलम्बीत

काठमाडौँ,माघ १७ । महिलामाथि यौन शोषण गरेको आरोप नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणा निलम्बनमा परेका छन् ।

एसएसपी राणामाथि झापाकी एक महिलालाई यौन शोषण गरेको आरोप लागेको थियो। ती महिलाले एसएसपी राणाले आफूमाथि यौन शोषण गरेको भन्दै गत कात्तिकमा गृहमन्त्री रामबहादुर थापासँग समेत भेट गरी कारबाहीको माग गरेकी थिइन् ।

प्रदेश १ को धरानस्थित संघीय प्रहरी एकाई कार्यालय सुनसरीमा कार्यरत राणालाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई सिफारिस गरेको थियो । मन्त्रालयले राणालाई बिहीबार निलम्बन गरेको जनाएको छ ।

एसएसपी राणा निलम्बन भएसँगै उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा ती महिलाले जाहेरी दिएको र प्रहरीले एसइसपी राणालाई पक्राउ गर्ने तयारी गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.