काठमाडौं, माघ १७ । कोटेश्वर बहुमुखी क्याम्पस स्ववियू सभापतिले निर्घातरूपमा कुटाई खाएका छन् ।
अनेरास्ववियूका नेता समेत रहेका सभापति माधव अधिकारीलाई नेविसंघले निर्घात कुटपिट गरेको हो ।
उक्त घटना प्रती अनेरास्ववियूका नेता सुदेश पराजुलीले भर्त्सना गरेका छन् । बाहुबलको समय सकियो किन नबुझेको नेविसंघ मित्रहरुले पराजुलीले भने उमेरले झन्डै ५० वर्ष पुगेको नेतृत्व आउने बितिकै यस्तो घटना हुनुले पनि मर्न लागेको कमिलाको प्वाँख आउछ भने चरितार्थ भएको बताए ।
जहाँ विचारको राजनीति सकिन्छ त्यहा यस्तै गुन्डागर्दी प्रवृत्ति मौलाउने बताउछिन् अनेरास्ववियूकी नेतृ अारती लामा । स्वबियु निर्वाचनको घोषणा सङै नेबि संघको कमिटी घोषणा हुनु स्वागत योग्य छ तर यस्को अर्थ अब प्रतिपक्षलाई कुटेर स्वाबियु आफ्नो पक्षमा पार्न सक्छु भन्नु नेविसंघको दिवासपना मात्र रहेको पनि लामाले बताईन् ।
त्यसैगरी अनेरास्ववियूका अर्का नेता मिलन राईले यो घटनाको ठुलो मुल्य नेविसंघले चुकाउनु पर्ने बताएका छन् ।

