राजनीति शिक्षा

सहिदको सम्झनामा द्विप प्रज्वलन

झापा, माघ १७ । सहिदलाई सम्झदै अनेरास्ववियु त्रिदेब क्याम्पस कमिटीले द्विप प्रज्वलन गरेको छ ।

चारअाली स्थित त्रिदेव क्याम्पस परिसरमा अायोजित कार्यक्रम अनेरास्ववियु पुर्व जिल्ला अध्यक्ष रोशन सुवेदीको प्रमुख अातिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रम प्रमुख अतिथि सुवेदी, विशिष्ट अतिथि त्रिदेव क्याम्पस व्यवस्थापन समिति अध्यक्ष हरि घिमिरे, नेकपा मेचीनगर वडानम्बर १३ का वडा अध्यक्ष खगेन्द्र सिग्देल,पूर्व युवा संघ मेचीनगर सचिवालय सदस्य भोजराज पराजुलीलगायतले मन्तव्य राखेका थिए ।

अनेरास्ववियु त्रिदेब इकाइ कमिटी अध्यक्ष इगिन्द्र भण्डारी(योगेस) को अध्यक्षता सम्पन्न कार्यक्रम सञ्चालन सचिव अाशिस पौडेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.