संघ \संस्था

बलत्कारको आरोपित एसएसपी राणाले गरे आत्मसर्मपण

काठमाडौं, माघ १९ । बलात्कारको अ‌ारोप लागेका नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) सौरभ राणाले आत्मसर्मपण गरेका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा हाजिर भएर उनले आत्मसर्मपण गरेका हुन्।

लामो समयदेखि घनिष्ठ सम्बन्ध रहेकी एक महिलाले सौरभले ‘जबर्जस्ती करणी’ गरेको भन्दै जाहेरी दिएकी हुन् । बलात्कारको अभियोगमा अदालतले पक्राउ पुर्जी जारी गरेपछि सौरभ आफैं प्रहरीमा उपस्थित भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पूर्व नेपालकी ती महिला र सौरभबीच लामो समयदेखि अन्तर‌ंग सम्बन्ध रहेको बताइएको छ । संघिय प्रहरी इकाई कार्यालय धरानमा कार्यरत राणा विरुद्ध जाहेरी दर्ता भएपछि गत बिहीबार गृह मन्त्रालयले निलम्बन गरेको थियो । ०४९ मा प्रहरी सेवामा प्रवेश गरेका राणाले जागिरको लामो अवधि पूर्वी नेपालमै विताएका थिए ।

बलात्कारको अ‌ारोप लगाउने महिलासँग डीएसपी भएर जिल्ला प्रहरी कार्यालय झापामा बस्दा सौरभको चिनजान भएको र पछि सो चिनजान घनिष्ठतामा परिणत भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.