राजनीति

माधव समूहद्वारा ‘अखिल फोर्स’ गठन

काठमाडौँ, असार ३१ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले अखिल फोर्स गठनको घोषणा गरेको छ ।

नेपाल पनकट अनेरास्ववीयूले बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच अखिल फोर्स गठन गरेको हो।

अनेरास्ववियुका सह–अध्यक्ष वासिम आलमका अनुसार तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरिएको हो।

एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि त्यसलाई काउन्टर दिन आफूहरुले अखिल फोर्स गठन गरिएको अनेरास्ववियुका एक नेताले बताए ।