अर्थ

प्रसाईद्वारा आफुले पाएको बृद्धभत्ता अनाथ बालबालिकालाई सहयोग

झापा, असार ३१ । झापा मेचीनगरका एक जेष्ठ नागरिकले आफुले प्राप्त गरेको सामाजिक सुरक्षा भत्ता वापतको रकम अनाथ बालबालिकाको शिक्षामा सहयोग गरेका छन् ।

मेचीनगर १० निवासी श्रीकुमार बाबु (नसुह) प्रसाईंले आाफुले प्राप्त गरेको बृद्धा भत्ताको रकम मेचीनगर ९ मागुरमाडी स्थित स्वबोध साधना केन्द्र बाल आश्रमका बालबालिकाको शिक्षामा सहयोग गरेका छन् ।

प्रसाईले बाल आश्रमलाई नगद ९२ हजार रूपैयाँ सहयोग गरेको स्वबोध साधना केन्द्र बाल आश्रमका अध्यक्ष बालकृष्ण थपलियाले जानकारी दिए ।

अहिलेका बालबालिका भविष्यको कर्णधार, उनिहरूको राम्रो शिक्षादीक्षा नै समृद्ध देश निर्माणको महत्त्वपूर्ण आधार भएकाे हुदाँ आफुले सकेको सहयोग गरेको प्रसाईंले बताए । साथै उनले अनाथ बालबालिकालाई सबैले सकेको सहयोग गर्न आग्रह गरे ।