समाचार

झापामा दुर्घटना: दुई जनाकाे मृत्यु

झापा, श्रावण १ । झापाकाे भद्रपुरमा शुक्रवार भएकाे सवारी दुर्घटनामा परी दुई जनाकाे मृत्यु भएकाे छ । अर्का दुई जना घाईते भएका छन् । घाइते मध्ये एक जनाकाे अवस्था गम्भीर छ ।

ज्ञानेचाेकबाट वनियानीतर्फ गईरहेकाे मे १ त २८२१ नम्वरकाे ट्याक्टर र दक्षिणबाट उत्तरतर्फ आउदै गरेकाे मे १ ह ६४१ नम्वरकाे टेम्पाे एकआपसमा ठाेक्किएर दुर्घटना भएकाे थियाे ।

भद्रपुर – १ सगरमाथा चाेककाे ओरालाेमा दिउसाे साढे २ बजे भएकाे दुर्घटनामा परेर भद्रपुर-१ हिमाली चाेक निवासी ३६ वर्षीया छविमाया लिम्बू र साेहि ठाउँका करिव ४० वर्षीय डम्वरबहादुर लिम्वुकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।

छविमायाकाे घटनास्थलमा र डम्वरबहादुरकाे उपचारका क्रममा ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा मृत्यु भएकाे प्रवक्ता थापाले बताए ।

घाईते साेहि ठाउँका ४२ वर्षीय वीरबहादुर लिम्वुकाे गम्भीर अवस्था र अर्का ३२ वर्षीय नरबहादुर लिम्वुकाे सामान्य अवस्थामा ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

अहिले दुवै सवारी साधन प्रहरी चाैकी पृथ्वीनगरकाे नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।