काठमाडौं, माघ २२ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय क्रिकेट प्रतियोगितामा ओमानविरुद्ध नेपालले टस जितेको छ ।
त्रिवि क्रिकेट मैदान ओमानविरुद्ध टस जितेर बलिङ गर्दै नेपालकीर्तिपुरमा टस जितेको नेपालले फिल्डिङ रोजेको छ । नेपालले घरेलु मैदानमा पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेल्न लागेको हाे । खेल सुरु भइसकेकाे छ ।
ओमानविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा सुशान भारी र अभिनाष बोहराले डेब्यु गरेका छन् । ५० अोभरको खेलमा नेपाल र ओमानबीच अहिलेसम्म ७ पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपालले ३ खेल जितेकाे छ भाे ओमानले ४ खेल अाफ्नाे पाेल्टामा पारेकाे छ ।

