
काठमाडौं, फागुन १ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बिहीबार (अाज) जनआन्दोलन र जनयुद्धका शहीदहरुको सम्झनामा स्मृति सभा गर्दै छ ।
जनआन्दोलन तथा जनयुद्धका शहीदको स्मृतिमा नेकपाले एउटै सभा आयोजना गर्न लागेको हो ।
काठमाडौंमा पार्टी मुख्यालय धुम्वाराहीमा गरिने सभामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।
बिहीबार (अाज) नै नेकपाले देशभर श्रद्धाञ्जलि सभा गर्दैछ । नेकपाले यसअघि नै पार्टीका ७७ वटै जिल्ला कमिटीलाई रचनात्मक तरिकाले स्मृति दिवस मनाउन निर्देशन दिइसकेको छ । पार्टी एकतापछि नेकपाले गत वर्ष पनि शहीदको सम्झनामा श्रद्धाञ्जलि सभा गरेको थियो ।

