राजनीति

कांग्रेसले अब प्रत्येक वडामा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता थप गर्ने

काठमाडौं, फागुन १ । नेपाली कांग्रेसको केन्दीय कार्यसमिति बैठकले क्रियाशील सदस्यता वितरण र नविकरण सम्बन्धी नँया निर्णय गरेको छ । पार्टीको बुधबारको केन्द्रीय कार्यसमिति बैठकले यस्ताे निर्णय गरेको हो ।


यस्तैगरी प्रत्येक वडामा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता थप गर्ने तथा वडा कार्य समिति र क्षेत्रिय कार्यसमितिका लागि आवश्यक पर्नेसम्म क्रियाशील सदस्यता वितरण खुला गर्ने निर्णय गरेको छ ।
प्रत्येका वडामा जनसंख्याको बनोटलाई आधार बनाएर समानुपातिक हिसाबले वितरण गर्ने निर्णय प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

यसअघि गत पुस ११ को बैठकले अधिवेशनसम्मका लागि विधानका केही धारा निलम्बन गर्ने भनि गरेको निर्णय बुधबारको बैठकले सर्वसम्मतिले पारित गरको हो ।

कांग्रेसले आगामी वर्षको फागुनमा हुने पार्टीको महाधिवेशनको कार्यतालिका पनि केही हेरफेर गरेको छ । फागुन १५ गतेभित्र समाजोजन गर्न जिल्लाहरुलाई निर्देशन पनि दिइएको छ ।

Leave a Reply

Your email address will not be published.