झापा, फागुन १ । नेपाल पूर्व प्रहरी संगठन द्वारा बनियानीमा सामुदायिक भवन निर्माण गर्ने भएका छन् । एक कार्यक्रमका बिच बिहीवार प्रदेश सभा सांसद बसन्त बानियाले सामुदायिक भवनको शिलान्यास गरेका छन् ।

कचनकवल-६ स्थित बनियानीमा बन्ने सामुदायिक भवनले कचनकवलवासीलाई विभिन्न कार्यक्रमहरू अायोजना गर्न सहज हुने भन्दै प्रमुख अतिथि समेत रहेका सांसद बानियाले संगठनको यो कदम स्वागतयोग्य र प्रशंसनीय रहेको बताए ।
शिलान्यास कार्यक्रममा विशिष्ट अतिथि कचनकवल गाँउपालिका अध्यक्ष अन्जार अालम, प्रहरी उपरिक्षक कृष्ण कोईराला, पूर्व प्रहरी संगठनका केन्द्रिय सदस्य इन्दु अोली, प्रदेश कमिटी अध्यक्ष बाबुराम श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
देउमान बढाथोकीको अध्यक्षता सम्पन्न कार्यक्रममा नेकपाका नेता तिलबहादुर राई, तेजेन्द्र मैनाली,नवराज भट्टराई, कुलबहादुर कार्कीलगायतको अातिथ्यता रहेको थियो ।

