काठमाडौं, फागुन ७ । प्रजातन्त्र दिवसको अवसरमा शुभकामना जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई गरिवीबाट सम्पन्नतातिर, अविकासबाट विकासतिर, अब्यवस्थाबाट सुब्यवस्थातिर अगाडि बढाउने काम भइरहेको विचार राखेका छन् ।
जनताका नाममा जारी शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले चार शहीद शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमाको स्मरण समेत गरेका छन् ।
प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ– ‘हामी सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित मुलुकको स्तरबाट स्तरोन्नति गर्ने र सन् २०३० भित्र दीगो विकासका लक्ष्यहरु हासिल गर्ने अभियानमा छौं । यस लक्ष्य प्राप्तिका लागि हामी हाम्रा हरेक क्षण, सम्भावना र सामथ्र्यको सदुपयोग गरिरहेका छौं । यस यात्राबाटै हामी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकांक्षा पूरा गर्दैछौं ।’

