स्वास्थ्य

सानुकेर्खामा दुईदिने स्वास्थ्य शिविर सुरू

झापा, फागुन ७ । महाशिवरात्री तथा नेपाली सेना दिवसको अवसरमा दुईदिने जनरल अोपीडी स्वास्थ्य तथा अाखा शिविर सुरू भएको छ ।

कमल-३ सानुकेर्खा स्थित श्री किराँतेश्वर शिवालय मन्दिर परिसरमा श्री नं. २१ बाहिनी नेपाली सेना अड्डाको अायोजनामा दुईदिने स्वास्थ्य शिविर अायोजना भएको हो ।

स्वास्थ्य शिविरको बुधवार (अाज) पहिलो दिन जनरल अोपीडी र विहिवार (भोली) अाखा शिविर सञ्चालन हुने अायोजक समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.