झापा, फागुन १४ । मेची कृषक बहुमुखी सहकारी संस्थाको आयोजनामा बुधवार नेपालमा सहकारी अभियानका चुनौती र अवसर विषयक मेचीनगर स्तरीय माध्यमिक तह अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा सरस्वती अंगे्रजी माविकी मुना कार्की प्रथम भईन , त्यसैगरी कविशिरोमणि माविकी तपस्या राउत र सनसाइन ईङलिस स्कुल ईटाभट्टाकी साक्षी ओझा दोस्रो बनिन् त्यसैगरी होलीवेल अंग्रेजी मावि धुलावारीकी एलिसा ढुंगेल तेस्रो बनिन् । उनिहरुले क्रमश २ हजार , १५ सय र १ हजार तथा प्रमाण पत्र प्राप्त गरेका थिए ।
सहकारी संस्थाका युवा तथा स्वास्थ्य खेलकुद उपसमिति संयोजक रुप सागर अघिकारीको सभापतित्व तथा संस्थाका निवर्तमान अध्यक्ष तुलसीराम पौङेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा संस्थाका अध्यक्ष हरि बुढाथोकी , निर्णयक मण्डलका सदस्य लम्वोदर पौडेल लगायतले बोलेका थिए |
कार्यक्रममा संस्थाका उपाध्यक्ष कुलदिप गिरी, सञ्चालक समिति सदस्य साजना श्रेष्ठ, माधव आचार्य, दुर्गादेवी काफ्ले, पूर्व लेखा समिति संयोजक धनराज भण्डारी, सहभागि विद्यालयका शिक्षक –शिक्षिका लगायतको उपस्थति रहेको थियो । कार्यक्रममा मेचीनगरका १४ सामुदायिक तथा निजी विद्यालयको सहभागिता रहेको वक्तृत्वकला प्रतियोगितामा निर्णयक मण्डलमा लम्वोदर पौडेल र दामोदर ढुंगेल रहेका थिए ।
कार्यक्रमको सञ्चालन व्यवस्थापक दिपक काफ्लेले गरेका थिए । उपसमिति संयोजक अघिकारीले आगामी दिनमा युवा तथा स्वास्थ्य खेलकुद गतिविधिका कार्यक्रमलाई प्रथमिकतामा राखेर अघि बढ्ने जानकारी दिए ।

