बाहुण्डाँगी । जनकपुर जेसीजद्धारा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको जानकी बृद्धाआश्रमलाई आर्थिक सहयोग गरेको छ । शाखाका पदाधिकारीहरु सम्मानको कार्यक्रम लिएर आश्रम पुगेपछि त्यहाँ देखिएको विकराल समस्यालाई लगतै हल गर्नका निम्ति शाखाले सम्मानसँगै सहयोग ठुलो सम्झेर विभिन्न सामाग्री खरिदका लागि ७ हजार १ सय आर्थिक सहयोग गरेको हो । सम्मानित हुनेहरुमा आश्रम सञ्चालिका सीता अधिकारी र कर्मचारीलाई सम्मान गरिएको थियो ।
शाखा अध्यक्ष राजकुमार शाहको सभापतित्वमा सम्पन्न कार्यक्रममा शाखाका विभिन्न पदाधिकारीहरुको सहभागिता रहेको थियो । सोही अवसरमा शाखाका शाखा सम्पादक विक्रम शाहले आफ्नी छोरीको जन्मदिनमा सहयोगबापत दुई हजार १ सय सहयोग गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव अजय गुप्ताले गर्नु भएको थियो ।

