बाहुण्डाँगी । बुटवल लेडी जेसीजद्धारा ११२ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर ३ वटा कार्यक्रम सम्पन्न गरेको छ । बोलिमा नेतृत्व, श्रमिक महिला सम्मान तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
शाखाका पदाधिकारी तथा सदस्यहरुका उद्घोषण तालिम गरिएको हो । रेडियो मुक्तिका स्टेसन म्यानेजर कल्पना तिवारीले तालिम प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि प्रशिश्रक कल्पना तिवारी तथा संयोजक तालिम संयोजक राधिका बेलबासे रहनु भएको थियो । कार्यक्रम शाखाकी अध्यक्ष अनुपमा श्रेष्ठको सभापतित्वमा भएको थियो ।

यसैगरी, ३ दशकदेखि अनौपचारिक रुपमा सुत्केरी सुसारेको रुपमा काम गर्दै आउनु भएकी उर्मिला चौधरी र ८ वर्षदेखि बुटवल क्षेत्रमा श्रमिक महिलाका रुपमा काम गरिरहनु भएकी अटो चालक पवित्रा सार्कीलाई सम्मान गरिएको थियो ।

उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाकि उपमेयर गोमा देवी आचार्यले कदरपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको शाखा अध्यक्ष अनुपमा श्रेष्ठले बताउनु भयो । कार्यक्रमको संयोजक उपाध्यक्ष साबित्रा जिसी रहनु भएको थियो । कार्यक्रम शाखाकी अध्यक्ष अनुपमा श्रेष्ठको सभापतित्वमा भएको थियो ।

यसैगरी विभिन्न संस्थासँगको सहकार्यमा बुटवल क्षेत्रमा रक्तदान समेतको आयोजना गरिएको थियो । कार्यक्रमको सञ्चालन महासचिव संगिता ढकालले गर्नु भएको थियो ।


