संघ \संस्था

भद्रपुर जेसीजद्धारा अस्पतालका विरामीलाई फलफुल, जेष्ठ आमालाई सम्मान

बाहुण्डाँगी । भद्रपुर जेसीजले ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मेची प्रादेशिक अस्पतालमा प्रसूति वार्ड र प्रोषण गृहमा भर्ना हुनु भएमा आमाहरुलाई पोस्टीक युक्त फलफूल बितरण गर्दै अन्तरास्ट्रिय नारी दिवस मनाएको छ, साथै वाड न। ६ मा बसोबास गर्नु हुने वर्ष १०२ की जेष्ठ माता श्री सुभद्रा कर्किलाई उहाँकै निजी निवासमा गई सम्मान तथा नगद हतान्तरण गरिएको छ।

भद्रपुर जेसिजका अध्यक्ष जेसि मनोज भट्टराईको अध्यक्षतामा, भद्रपुर नगरपालिका का नगरप्रमुख जीवन कुमार श्रेष्ठज्युको प्रमुख आतिथ्य ,मेची प्रादेशिक अस्पतालकि प्रसूति वार्ड प्रमुख सिता भण्डारी, भद्रपुर जेसीज का पुर्व अध्यक्ष हरु जेसी किरण कुमार शर्मा, जेसी डिल्लीराम पोख्रेल, भद्रपुर जेसिजका बोर्डका पदाधिकारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सन्चाल भद्रपुर जेसिजका महासचिव जेसि रमेश कार्कीले गर्नु भएको थियो।