काठमाडौँ, फागुन २० । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि सोमवार साँझ ६: १५ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् ।
उनलाई सो अस्पतालका युरोलोजी विभागका युरोलोजिष्ट डा.प्रेमराज ज्ञवालीको नेतृत्वमा रहेको छ चिकित्सकको निगरानीमा बुधबार मिर्गौला प्रत्यारोपण हुनेछ । प्रा.डा दिव्यासिंह शाह, दिलीप शर्मालगायतको टोली प्रत्यारोपणमा संलग्न हुनेछ ।

