खेलकुद

झापा गोल्डकपमा अहिले झापा ११ र थ्री स्टार भिड्दै

झापा \ झापा ११ र थ्री स्टार बिच अहिले चौथो झापा गोल्डकपको सेमीफाइनल खेल हुदैछ । चौथो झापा गोल्डकपको आज विजयी हुने टिम फाइनलमा प्रवेश गर्नेछ ।

तीन विदेशी खेलाडीसहित कर्ण लिम्बूको कप्तानीमा मैदान प्रवेश गरेको झापालाई घरेलु मैदान र दर्शकको भरपुर समर्थन रहेको छ । त्यस्तै थ्री स्टार क्लब पनि राष्ट्रिय टोलीका खेलाडीहरुका साथ बिजयी हुने उदेश्य साथ मैदान उत्रिएको छ ।

ए डिभिजन लिगका खेलाडीहरु रहेका यी दुई टोलीबीचको पहिलो सेमीफाईनल खेल निक्कै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने आयोजकले बताए ।

२७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १२ लाख ५० हजार र उपविजेताले ६ लाख ५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published.