झापा । क्यामरुनी क्लब दाउफिन्स एफसी चौंथो झापा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको अन्तिम क्वाटरफाइनलमा लाली रुपन्देही-११ लाई २-० गोल अन्तरले पराजित गर्दै दाउफिन्स सेमिफाइनलमा पुगेको हो ।
डोमालाल राजवंशी रंगशालामा दाउफिन्सलाई जित दिलाउन पेट्न्गा डाफिनास र मिसोउली इटिग्नेले एक एक गोल गरे ।
दाउफिन्सले मनाङ मर्स्याङ्दी क्लबको स्थानमा झापा गोल्डकप खेल्न लागेको हो । मनाङ एएफसी कपको तयारीमा लागेपछि दाउफिन्सले मौका पाएको हो ।
अब दाउफिन्सले फाइनल प्रवेशको लागि त्रिभुवन आर्मी क्लबसंग सनिवार प्रतिस्पर्धा गर्नेछ ।
योसंगै प्रतियोगिताको सेमिफाइनल समीकरण समेत पुरा भएको छ । यसअघि आयोजक झापा-११, त्रिभुवन आर्मी क्लब र थ्री स्टारले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।
फाल्गुन २७ गते सम्म सन्चालान हुने प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार नगद सहित ट्रफि र मेडल प्राप्त गर्नेछन ।
