खेलकुद

झापा गोल्डकपमा अहिले दाउफिन्स एफसी र रुपन्देही ११ भिड्दै

झापा / लाली रुपन्देही ११ र दाउफिन्स फुटबल क्लब क्यामरुन बिच अबको केही समय पछि चौथो झापा गोल्डकपको अन्तिम क्वार्टरफाइनल खेल हुदैछ । चौथो झापा गोल्डकपको आज विजयी हुने टिम सेमिफाइनलमा प्रवेश गर्नेछ । विजेताले फाइनल प्रवेशका लागि शनिबार विभागिय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

जारी झापा गोल्डकपको खेलतालिका अनुसार आज मनाङ मस्र्याङ्दी र रूपन्देही–११ बीच खेल्ने तालिका रहेको थियो । तर एएफसी कपको तयारी गर्नुपर्ने भन्दै मनाङले झापा गोल्डकप नखेल्ने भएपछि आयोजकले दाउफिन्स फुटबल क्लबलाई गोल्डकपमा समावेश गरेको आयोजकले जनाएको छ । आजको खेल निकै रोमाञ्चक हुने आयोजकले विश्वास गरेको छ ।

२७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १२ लाख ५० हजार र उपविजेताले ६ लाख ५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published.