नरेन इलामेली
इलाम, फागुन २८ । इलामको फाकफोकथुम गाउँपालिकामा हत्या गरिएको अवस्थामा एक दम्पतीको शव फेला परेको छ । फाकफोकथुम गाउँपालिका ५ कैजलेका ३३ बर्षिय धनबहादुर सपाङ्गी र उनकै ३५ बर्षिय श्रीमती रीता खपाङ्गी मृत फेला परेको प्रहरीले जनाएको छ।
बुधबार दिउँसो खपाङ्गी दम्पती आफ्नै घरको सिकुवामा मृत अवस्थामा रहेको भन्ने जनाकारी पाए लगतै प्रहरी चौकी गजुरमुखी र जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीसहितको टोली घटनास्थलमा पुगेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

