समाचार

कञ्चनपुरमा बावुले आफ्नै छोरालाई विभत्स हत्या गरेपछि…

महेन्द्रनगर, फागुन २९ । कञ्चनपुरमा बावुले आफ्नै छोरालाई विभत्स हत्या गरेको घटना सार्व जनिक भएको छ । जिल्लाको भिमदत्त नगरपालिका–२ उल्टाखाममा एक बावुले छोरालाई छुरा प्रहार गरी हत्या गरेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उल्टाखामका डम्बर चन्दले १४ बर्षिय छोरा सुर्वण चन्दको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बुधबार साँझ घरमै डम्बरले छोरालाई छुरा प्रहार गरेर घाइते बनाएको बताए । उपचारका लागि घरदेखि महाकाली अस्पताल ल्याउने क्रममा सुवर्णको मृत्यु भएको उनले बताए ।

छोरामाथि छुरा प्रहार गर्ने डम्बरलाई पक्राउ गरिसकेको बताउँदै प्रहरी निरीक्षक भट्टले घटना स्थलबाट छुरासमेत बरामद गरिएको बताए । बालकको शव महाकाली अस्पतालमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.