स्वास्थ्य

महिनावारीको समयमा भुलेरपनि नगरौं यस्ता काम

काठमाडौं, फागुन २९ । महिलाहरुमा महिनावारी उमेरको विकास र शारिरीक तथा मानसिक रुपमा परिपक्वताको सुरुवाती चरणबाट नियमित रुपमा ह्ने प्रक्रिया हो । यो प्रक्रियामा महिलाहरुले सावधानी प्रर्वक आफ्नो स्वास्थ्यको ख्याल राख्नु पर्दछ ।

– जथाभावी कपडाको प्रयोग नगर्ने, महिनावारीका बेला स्यानिटरी प्याड वा नरम कपडा मात्र प्रयोग उत्तम मानिन्छ।
( महिनावारीका बेला सरसफाइमा ध्यान दिन जरुरी हुन्छ ।

– स्यानिटरी प्याड वा नरम कपडा फेरि रहनुपर्छ। एउटा स्यानिटरी प्याड राखेको ६ घण्टा भएपछि अर्को स्यानिटरी प्याड फेर्नुपर्छ ।

– महिनावारी भएको बेला सकेसम्म दिनहुँ नुहाउनु पर्छ। र, गोप्य अंग राम्ररी सफा पानीले पखाल्नुपर्छ ।

– महिनावारीको बेला प्रयोग भएका कपडा साबुन पानीले राम्ररी धोएर घाममा सुकाउनुपर्छ ।

– स्यानिटरी प्याड प्रयोग गरिसकेपछि भने नबिर्सीकन साबुन पानीले हात धुनुपर्छ ।

– महिनावारी भएका बेला पौष्टिक तथा झोलिलो खानेकुरा बढी खानुपर्दछ ।

Leave a Reply

Your email address will not be published.