स्वास्थ्य

कोरोना अपडेट : विश्वभर ८ हजार ९ सय ६७ जनाको मृत्यु, २ लाख १९ हजार संक्रमित

काठमाडौं, चैत ६ । चीनको वुहान सहरबाट गत डिसेम्बर अन्तिम सातादेखि सुरु भएको कोरोना भाइरस ‘कोभिड १९’ को त्रास विश्वभर महामारीको रुपमा फैलिरहेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर ८ हजार ९ सय ६७ जनाको मृत्यु भइसकेको छ । २ लाख १९ हजार २ सय ४३ केसहरु देखिएको छ । यो संक्रमितको संख्या हो । ८५ हजार ७ सय ४५ जनामा संक्रमण भएर उपचारपछि स्वास्थयलाभ गरी घर फर्किएका छन् । यो रोग १ सय ७६ देशमा फैलिएको छ ।

उद्गमस्थल चीनमा नियन्त्रणउन्मुख भइरहेको भाइरस ‘कोभिड १९’ अहिले विश्वमै महामारी बनेको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई विश्वव्यापी समस्याको रुपमा घोषणा गरिसकेको छ । यो महामारी घोषणा भएपछि विश्व दुनियाँ झनै डराएको छ । तर डराउनु भन्दापनि यस रोगसँग लड्न सचेतना र साबधानी अपनाउनुपर्छ ।

मृत्यु हुनेमा सबैभन्दा बढी चीनका नागरिक रहेका छन्। चीनपछि इटली, इरान र स्पेनमा धेरैको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published.