काठमाडौं, चैत १२ । विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न भारत सरकारले २१ दिनको लकडाउन गरेको छ । दिल्ली सरकारले लकडाउन जारी भएपछि रोजगारी गुमाएका श्रमिकलाई तत्काललाई पाँच पाँच हजार रुपैयाँ दिने घोषणा गरेको छ ।
कोरोनाको भाइरसको जोखिम उच्च भएपछि केन्द्र सरकारले मंगलबार मध्यरातिदेखि २१ दिनको लकडाउन गरेसँगै दिल्ली सरकारले यस्तो घोषणा गरेको हो ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मङ्गलबार निर्माण कार्यमा संलग्न मजदुरका लागि पाँचरपाँच हजार भारतीय रुपैयाँ दिने घोषणा गरेका हुन् । दिल्ली सरकारको यो घोषणापछि झण्डै ४६ हजार मजदुरलाई फाइदा हुने बताइएको छ ।

