समाचार

चीनसँग जोडिएका नाका खोल्ने सरकारको निर्णय

काठमाडौं, चैत १२ । सरकारले चीनसँग जोडिएका नाका खुलाउने भएको छ । विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न सरकारले मंगलबारदेखि सम्पूर्ण देश भरी लागू हुने गरी निषेधाज्ञा (लकडाउन) घोषणा गरी सकेको छ ।

तर कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समिति बैठकले रसुवागढी र तातोपानी नाका खुलाउने निर्णय गरेको हो । ती दुवै नाका गत माघ १५ देखि बन्द थिए ।

मालसामान आयात निर्यात सुचारु गर्नका लागि ती नाका खुलाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपंक्षी मन्त्रालयले तयार पारेको प्रोटोकल अनुसार नाका खोल्ने निर्णय गरिएको समितिले जनाएको छ ।

कोरोना रोक्नका लागि सामान आयात निर्यात बाहेक भारत र चीनसँगका नाका एक साताका लागि बन्द गरिसकेको छ सरकारले । बैठकले ठूला खाद्य स्टोर तथा पसलहरुले आवश्यक खाद्यवस्तुहरु होम डेलिभरी गर्ने व्यवस्था मिलाउने निर्णय समेत गरेको छ ।

सरकारले कोरोना जोखिम रोक्‍न उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा समिति बनाएर काम गरिरहेको छ ।

कोरोना डरका कारण उपप्रधानमन्त्री पोखरेलले रक्षा मन्त्रालय परिषर पुतली बगैंचाबाट पाल टाँगेर कार्यालय बनाएका छन् । उनले सोही बगैँचाबाट कार्यसम्‍पादन गर्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published.