झापा, चैत १३ । मेचीनगर नगरपालिकाले नगर क्षेत्र भित्रका विभिन्न स्थानमा ब्लिचिङ पाउडरको घोल स्प्रे (कीटनाशक औषधि छर्कन) थालेको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ कोरोना भाइरसको संक्रमणलाई नगर क्षेत्र भित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरेको मेचीनगर विपद ब्यवस्थापन समितिका संयोजक टिकाराम मग्रान्तीले जानकारी दिए ।
नगरबासीलाई कोरोना संक्रमणबाट बचाउन मास्क वितरण गर्नुका साथै जनचेतनाका लागि माइकिङ, पर्चा पम्प्लेटलगायतका सामाग्री द्वारा सचेतना जगाई रहेको संयोजक मग्रान्तीले बताए ।

