विविध

अवैध बोइलर कुखुरा बरामद

झापा, चैत १३ । भारतबाट अवैधरुपमा नेपाल भित्र्यायी गोदाममा राखेको अवस्थामा बोइलर कुखुरा प्रहरीले मेचीनगर ६ स्थित बर्मेलीटोलबाट बरामद गरेको छ।

कुखुरा व्यवसायी संघ झापा सचिव हरि तिम्सिनाको नेतृत्‍वको टोलीले अवैधरुपमा ल्याइएका बोइलर कुखुरा तिलक सुब्बाको गोदामबाट बरामद गरेको हो।

बोइलर कुखुरा अवैधरुपमा ल्याएर गोदाममा राखेको सुचनाको आधारमा सिमा प्रहरी चौकी नकलबन्दाको टोली सहित क्षेत्रिय पशु क्वारेन्टाइ काँकरभिट्टाको प्रतिनिधि, व्यवसायीलगायतले करिब ४० हजार मुल्या बराबरको साढे तीन केजी तौलका ४० वटा कुखुरा बरामद गरी नष्ट गरेका छन् । प्रहरीलाई देखेपछि तस्करहरु भागेको प्रहरीले जनाएको छ।

सरकारले विगत एक दशकदेखि बर्डफ्लुको कारण देखाउँदा भारतीय पंक्षीजन्य वस्तुमा आयात प्रतिबन्ध लगाएको छ। प्रतिबन्ध लगाए पनि सीमा क्षेत्रका मासु व्यवसायीले भारतीय नाका हुँदै कुखुरा अबैधरुपमा भित्र्याइरहेका छन्।

Leave a Reply

Your email address will not be published.