विश्व

कतार सरकारले क्वारेन्टाइनका श्रमिकको पुरै तलब दिने

काठमाडौं, चैत १९ । कतार सरकारले क्वारेन्टाइनका श्रमिकको पुरै तलब दिने भएको छ । कतारको प्रशासनिक विकास, श्रम तथा मामिला मन्त्रालयले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर क्वारेन्टाइनमा रहेका श्रमिक तथा अन्य कर्मचारीको तलब कटौती नगरिने स्पष्ट पारेको छ । त्यस्तै अन्य सुविधा पनि पहिलाकै अनुसार पाउने मन्त्रालयले जनाएको छ ।

गत मार्च १७ तारिखदेखि कतारी प्रशासनले लकडाउन गरेको थियो । लकडाउनपछि त्यहाँ रहेका कामदादर क्याम्प भित्रै बस्न बाध्य छन् । काम नभएपछि तलब पाइन्छ कि पाइन्न भन्ने अन्यौलमा कामदार थिए ।

कतारमा बुधबारसम्म ७ सय ८१ जनामा कोरोनाको संक्रमण देखिएको छ । संक्रमितमध्ये २ जनाले ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published.